सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियामा ट्याक्टरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
गएराति उखु बोकेर हरिवनको चिनी मिल जाँदै गरेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका २ जनाको ज्यान गएको सर्लाही प्रहरीले पुष्टी गरेकाे हो ।
ज १ त ९८७६ नम्बरको ट्याक्टरमा ज ४ प ३७७ नम्बरको मोटरसाइकल ठोक्किँदा बरहथवा नगरपालिका ५ घर भएका २५ वर्षीय हरेन्द्र महतो र अर्का २२ वर्षीय पुरुषोत्तम दासको ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।




















