काठमाडाैं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बनमा परेका छन् । उनी निलम्बनमा परे सँगै उपमेयर सुशीला अधिकारीलाई कार्यवाहक मेयरकाे जिम्मेवारी प्रदान गरीएकाे छ ।
कांग्रेसबाट निर्वाचित मेयर बस्नेत निलम्बनमा परेपछि नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ । नागार्जुनमा मेयर र उपमेयर दुवैको यो दोस्रो कार्यकाल हो ।
मेयर मोहन बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका हुन् ।
मेयर बस्नेतमाथि २२ करोड रुपैयाँभन्दा धेरै बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।



