काठमाडाैं । फुलचोकी जङ्गलमा हराएका १३ जनाको सकुशल उद्धार भएको छ ।
साेमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएकाे हाे ।
हराएका छुट्टाछुट्टै २ समूहका १३ जना राती अबेर फोन सम्पर्कमा आएपछि उद्धार भएको थियो ।
ललितपुरको गोदावरी नगरपालिका–३ फुल्चोकीमा हाइकिङका लागि गएका ७ जनाको समूह र ६ जनाको अर्को समूह छोटो दूरीको बाटो भन्दै फर्कने क्रममा हराएका थिए ।
हराएका दुवै टोली सही मार्ग खोज्ने क्रममा एक आपसमा भेट भएका थिए । हराउनेमध्ये १० जना युवा र ३ युवती रहेका प्रहरीले जनाएको छ ।




















