काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलपछि समर्थकमाथि अभद्र व्यवहार गर्ने मघ्यका २ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा डोटीको सिलगढी नगरपालिका घर भई अहिले कीर्तिपुर बस्ने गणेश साउद र डोटीकै आदर्श गाउँपालिका घर भई कीर्तिपुर बस्ने अशोक साउदलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडाैंले जानकारी दिएको छ ।
एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराएपछि उनीहरुले जनकपुरका समर्थकमाथि अभद्र व्यवहार गरेका थिए ।
पक्राउ परेका साउदद्धयले अपमानजनक शब्द प्रयोग गरेको, साम्प्रदायिक सद्भाव विगार्न खोजेको र केही व्यक्तिलाई अभद्र व्यवहार गरेका थिए । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।


