भक्तपुर । भक्तपुरकाे बालकाेटमा आज बिहान मृत्त फेला परेका २ जना जिल्ला हुलाक कार्यालय खोटाङका प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण आचार्य भएकाे पुष्टी भएकाे छ । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारा टोलमा सोमबार बिहान उनीहरू मृत फेला परेका थिए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ निवासी ५६ वर्षीय कुलप्रसाद केही दिनअघि मात्रै आएका थिए । बालकोट फिकाधारामा डेरा गरी बस्ने छोराहरू प्रवीण र मिलन आचार्यको कोठामा उनी र २२ वर्षीय कान्छा छोरा प्रवीण मृत फेला परेका हुन् ।
फरक–फरक कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत भेटिएको उनको परिवारले जनाएको छ । जेठा छोरा मिलन भने सम्पर्कमा आएका छैनन् ।
घटनाका सम्बन्धमा प्रहरीले विभिन्न काेणबाट अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।


