काठमाडाैं । सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ परेका छन् ।
काठमाडाैंको साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
काठमाडाैं महानगरको पत्र र पीडितको जाहेरीसमेत परेपछि प्रहरीले हिजो उनलाई पक्राउ गरेको हो ।
जंगम सहकारीका पूर्वअध्यक्ष र रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पूर्व उपाध्यक्ष हुन् ।
पीडितले उनीहरुविरुद्ध काठमाण्डौ महानगरमा निवेदनसँगै प्रहरीमा जाहेरीसमेत दिएका थिए ।




















