काठमाडाैं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको कारण बेलुकीपछि हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
यो प्रणालीको प्रभाव बुधवार बिहानसम्म हुने र वर्षा पश्चिमी क्षेत्रमा केन्द्रित हुने देखिएको महाशाखाले जनाएकाे छ ।
आज काठमाडाैं र पोखरामा छिटपुट वर्षाको सम्भावना रहेको छ । अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रवार आउने, तर त्यो पनि पश्चिम क्षेत्रमा मात्र रहने देखिएको छ ।
गएको मङ्सिर २३ र २४ गते देशका केही ठाउँमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो । आज कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा तथा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका अधिकाश स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


