प्रतीकात्मक तस्वीर
काठमाडाैं । काठमाडाैंकाे दरबारमार्गमा हिजाे बिहान १ जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका नेतासहित ८ जनालाई पक्राउ गरेको छ ।
दरबारमार्गकाे एक बारमा बैतडी घर भई काठमाडाैंकाे नैकाप बस्ने ३६ वर्षीय रमेश भट्टमाथि कुटपिट भएको थियो । कुटपिटबाट गंभिर घाइते भएका भट्टको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ पर्नेमा प्रमुख व्यक्ति कुलध्वज तामाङ छन् । काभ्रेको रोशी गाउँपालिका–४ घर भई काठमाडाैंकाे सुन्दरटोल बस्ने ३५ वर्षीय तामाङ तरूण दलका केन्द्रीय सदस्य हुन् ।
तामाङविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो भने उनी २०७२ मा डाँका–चोरी मुद्दामा पनि ११ महिना धुलिखेल कारागारमा बसेर छुटेका ब्यत्ति हुन ।


