फाइल फाेटाे
मुग्लिन । मुग्लिन–काठमाडाैं सडक आजदेखि दैनिक ३ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन सडक बिस्तारका लागि याे सडक केही दिनका लागी बन्द गरेर काम गर्न लागेकाे हाे ।
सडकका घुम्तीलगायत केही ठाउँमा काटछाँट गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने काम गर्न लागिएकाे नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले लेन अनुशासनको पालना गरी गाडी चलाउन आग्रह समेत गरेको छ ।
त्यस्तै गाडी चलाउन रोक लगाएको समयमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडीलाई नरोकिने पनि जानकारी आयाेजनाले जनाएकाे छ । मर्मतका लागि पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने ठूला गाडी गल्छी–बैरेनी र हलुका गाडी जरेखेतमा रोकिने छन् ।
त्यसैगरी चितवनतर्फ चालिसे र घाटबेँसीमा गाडी रोकिने छन् । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने गाडीलाई मझिमटार र चरौंदी बजारमा रोकिने आयोजनाले जनाएको छ ।


