बाजुरा । शनिबार बिहान गएको भूकम्पबाट बाजुरामा १२३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । ५.२ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा पूर्ण तथा आंशिक गरी उक्त घरहरुमा क्षति पुगेको हाे ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले केन्द्रबिन्दु रहेको वडामा क्षति भएका घरको सङ्ख्या १२३ रहेको बताए ।
बस्नै नमिल्ने घरका मानिसलाई सामान्य क्षति भएका घरमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई अनुरोध गरिएको उनले जानकारी दिए ।
प्रभावित नागरिकलाई आवश्यक पाल, त्रिपाल तथा अन्य आवश्यक राहत र सहयोग पुर्याउने काम शुरु भएकाे पनि प्रजिअ पाध्याले बताए ।




















