प्रतीकात्मक तस्बिर
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहानै भूकम्पले धक्का महशुस गरीएकाे छ । भूकक्पले केही घरमा क्षति भएको अनुमान गरीएकाे छ ।
भौतिक क्षति वा मानविय क्षतीकाे तथ्याक सङ्कलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए । उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएकोबारे जानकारी प्राप्त भएको छैन ।
जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।




















