गोरखा । तनहुँको एक निजी दन्त उपचार केन्द्रले आफ्नो स्थापना दिवशको अवशर पारेर जेष्ठ नागरिकहरुको निःशुल्क दन्त उपचार सेवा दिएको छ ।
आँबुखैरेनी बजारमा रहेको ओँम बिराज डेण्टल केयरले आफ्नो १७औं बार्षिक उत्सवको अवशरमा जेष्ठ नागरिकहरुलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गरेको सञ्चालक राजन ढकालले बताए ।
उनका अनुसार पुस ४ गते परेको स्थापना दिवशको अवशर पारेर १२ दिन अर्थात पुस १५ गतेसम्म जेष्ठ नागरिकहरुलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गरेको हो ।
त्यस बाहेक पनि स्थापना दिवशको अवशरमा गरिब, असहाय, विशेष क्षमता भएकाहरुलाई पनि स्थापना दिवशको अवशरमा निःशुल्क सेवा प्रदान गरीने सञ्चालक ढकालले जानकारी दिए ।
स्थापना दिवशकै अवशरमा अन्य उमेर समूहका ब्यत्तीलाई उपचार सेवामा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको पनि उनले बताए । उपचारमा बरिष्ठ दन्त चिकित्सक साेनिया श्रेष्ठ सहितकाे चिकित्सक टाेलीले उपचार गरीरहेकाे छ ।
पुस १५ गतेसम्म २०० जनाभन्दा बढी जेष्ठ नागरिकहरुको निःशुल्क उपचार गर्ने लक्ष्य राखिएको पनि उनले जानकारी दिए ।


