काठमाडाैं । फिफा वरीयतामा नेपालले यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले हिजाे बिहीबार सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल १७५ औं स्थानमा यथावत् रहेको हो । नेपाल अघिल्लो महिना पनि यही स्थानमा थियो ।
नयाँ वरीयताअनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १२६ औं, अफगानिस्तान १५६ औं र माल्दिभ्स १६२ औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १८२ औं, बङ्गलादेश १८५ औं, पाकिस्तान १९८ औं र श्रीलङ्का २०० ओै स्थानमा छन् ।
फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इङ्गल्यान्ड चौथो र ब्राजिल पाचौं स्थानमा यथावत् छन् ।
यस्तै पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी दशौं स्थानमा यथावत् छन् ।



