काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ । खोपका लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा ४ लाख ६० हजार ९४० मात्रा खोप नेपाल आएको हाे ।
ती खोपलाई अहिले टेकुमा रहेको भण्डारण कक्षमा राखिएको र बिस्तारै प्रदेशमा पठाइने छ । सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आउँदो माघ २३ गतेदेखि खोप अभियान सञ्चालन गर्न तयारी तीव्र बनाएको छ ।
१५ दिने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने याेजना सरकारले बनाएकाे छ । १७ लाख ७० हजार मात्रा गाभीले नेपाललाई उपलब्ध गराउने हाे ।
हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट ४ जना महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।


