सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरी जिल्लाको धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करीब १९० किलोग्राम गाँजा बरामद गरेको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ्ग गरी ल्याउँदै गरेको उक्त परिमाणको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले बरामद गरेको सह-प्रबक्ता एवं सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले बताए ।
चेकजाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएकाे पनि उनले जानकारी दिए । सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाईलकमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ ।
बरामद गाँजा, कार, मोटरसाईकल र व्यक्तिलाई आवश्यक कारवाहीको लागि सुनसरी प्रहरीमा बुझाईएको छ ।


