एजेन्सी । जर्जियामा ११ जना भारतीय नागरिकको मृत्त फेला परेका छन् । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण १२ जनाले ज्यान गुमाएकाेमा ११ जना भारतीय नागरिक भएकाे पुष्टी भएकाे हाे ।
त्यहाँ रहेको भारतीय दूतावासले उनीहरुकाे ज्यान गएकाे पुष्टि गरेको हो ।ज्यान गुमाउने १ जना भने जर्जियाकै नागरिक रहेका बीबीसीले जनाएको छ ।
जर्जियाका प्रहरी अधिकारीका अनुसार गुडौरीको एक होटलमा सुतिरहेको अवस्थामा उनीहरुको मृत्त शरिर फेला परेकाे थियो । गुडौरी पूर्व सोभियत राष्ट्रमा सबैभन्दा उच्च र सबैभन्दा ठूलो स्की रिसोर्ट रहेको खबरमा उल्लेख छ ।
होटलमा विद्युत्अवरुद्ध भएपछि तेलबाट चल्ने जेनेरेटर सञ्चालनमा आएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा शवमा हिंसा तथा युद्धको कुनै सङ्केत नभेटिएको र यो दुर्घटना भएको हुनसक्ने बताएको छ ।
भारतीय दूतावासले विज्ञप्ति निकालेर घटनाबारे सत्यतथ्य बुझ्ने र ज्यान गुमाउनेहरुको विवरण पत्ता लगाएर उनीहरुको परिवारलाई छिटै जानकारी दिने बताएको छ ।


