एजेन्सी । विश्वविख्यात तबला बाधक उस्ताद जाकिर हुसैनको निधन भएको छ । अमेरिकाको सान फ्रान्सिस्कोको एक हस्पिटलमा सोमबार बिहान ७३ वर्षीय हुसैनको निधन भएको हो ।
‘इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस्’ नामक फोक्सोसम्बन्धी रोगका कारण उनको अस्पतालमै निधन भएको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ ।
उनी २ हप्तादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय स्वास्थ्य खराब हुँदै गएपछि उनलाई आइसियूमा राखेर उपचार भइरहेको उनका परिवारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
जाकिर १९५१ मार्च ९ मा जन्मिएका थिए । उनका पिता अल्लाहरक्खा कुरैशी पनि तवलाबाधक थिए ।
जाकिर १९८८ मा पद्मश्री पदकले विभुषित भएका थिए । त्यसपछि २००२ मा पद्मभूषण र २०२३ मा पद्म विभूषण पाएका थिए । तीबाहेक उनले दर्जनौं अवार्डहरू पाएका छन् ।
उनका श्रीमती र २ छोरी छन् ।


