काठमाडाैं । काठमाडाैं महानगरपालिकाका पहिलो मेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात पीएल सिंहको निधन भएको छ ।
पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी निवासमा आज बिहान निधन भएको हो । ८७ वर्षीय सिंह केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।
गणेशमान सिंहको मुख्य सहयोगी भएर काम गरेका उनी गणेशमानका धर्मपुत्रका रुपमा पनि चर्चित छन् । उनी २०४९ सालमा तत्कालीन काठमाडाैं नगरपालिकाको मेयर बनेका थिए ।


