काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई ५ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १६५ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर ४ बलमा १४८ रनमा अलआउट भएकाे हाे ।
पाखेराका एन्ड्रीस गोसले सबैभन्दा धेरै ३६ रन बनाए । यस्तै रेमन रेफरले ३३ र किरण थगुन्नाले अविजित ३२ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले ५ विकेट लिए । यस्तै हर्मित सिंहले ३ र सैफ जइबले १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनायो ।
सुदूरपश्चिमका आरिफ शेखले अविजित ४२ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए । यस्तै रेमोन रेफर, सागर ढकाल र माइकल लिस्कले समान १-१ विकेट लिए ।
यो जीतसँगै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ ।



