प्रतीकात्मक तस्बिर
काठमाडाैं । नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन् ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका श्रेष्ठलाई १३ बर्षपछी जिल्ला प्रहरी परिसर काठमाडाैंको टोलीले पक्राउ गरेको हो ।
काठमाडाैंको स्वयम्भूबाट पक्राउ परेका हुन् । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका उनले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी ३९ करोड ८९ लाख रुपैयाँ हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।
पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि साेमबार अदालतमा पेश गरिने भएकाे छ । २ वटा छुट्टाछुट्टै मुद्दामा श्रेष्ठविरुद्ध ६–६ महिना कैद सजाय फैसला भएकाे छ ।




















