काठमाडाैं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार उनका प्रत्यासीलाइ पछ पार्दै उनी अघ्यक्षमा चयन भएकी हुन ।
गएरातिसम्मको मतगणनामा शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टभन्दा एक हजार मतले अगाडि थिए ।
शर्माको जीतसँगै नेपाल पत्रकार महासङ्घले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउँदैछ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।
यस्तै प्रेस युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनको समर्थन रहेको थियाे ।
अध्यक्षसँगै केन्द्रीय पदाधिकारीका धेरै पदमा पनि शर्मा प्यानलकै उम्मेदवारकाे जित भएकाे छ ।
केही पदमा भने विष्ट प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् ।




















