काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि २ वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे विराटनगर किङ्ग्स र काठमाडाैं गुर्खाज खेल्दैछन् ।
यस्तै दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । ८ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ ।
लुम्बिनी, विराटनगर र पोखरा बाहिरिसकेका छन् । अब हुने लिग चरणका ३ वटा खेलले प्ले अफमा पुग्ने ३ वटा टोलीको टुङ्गो लगाउनेछ ।
शीर्ष ४ मा पुग्न चितवन, काठमाडाैं, सुदूरपश्चिम र कर्णाली गरी ४ वटा टोलीबीच प्रतिस्पर्धा रहेको छ । प्ले अफ होडमा सबैभन्दा बढी दबाबमा काठमाडाैं रहेकाे छ ।



