गोरखा । आज भएकाे मनकामना मन्दिरदेखी गोरखाकालीसम्मको म्याराथनमा दशाैं स्थानसम्मै नेपाली सेनाका जवानहरु जित हात पारेका छन् । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएकाे म्याराथनमा नेपाली सेनाकाे त्रिभूवन आर्मी क्लबका धावकहरुले पुरस्कार हात पार्न सफल भएकाे हाे ।
शनिबार बिहान गाेरखाकै मनकामना मन्दिरदेखी गाेरखा सदरमुकाममा रहेकाे गाेरखाकाली मन्दिरसम्मकाे दाैडमा निर्धारित दुरी पार गरी क्लबका कर्ण रावल पहिलाे भएका छन् । उनले नगद १ लाख ५० हजार प्राप्त गरेका छन् । रावलले निर्धारित दुरी २ घण्टा ३६ मिनेट ७ सेकेन्डमा पुरा गरेका थिए ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा २ घण्टा ४० मिनेट ४४ सेकेन्डमा दुरी पार गरी क्लबकै हेमलाल श्रेष्ठ दाेस्राे भएका थिए । उनले नगद १ लाख पुरस्कार हात पारेका छन् ।
तेस्राे भएका गजिन्द्र राईले निर्धारित दुरी २ घण्टा ४४ मिनेट ६ सेकेन्डमा पुरा गरेका थिए । उनले ७५ हजार रुपैयाँ हात पारेका छन् ।
म्याथनमा १०५ जना धावकले सहभागीता जनाएक थिए । मनकामना मन्दिर परिसरबाट सुरु भएको दौड ताक्लुङ, तीनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भँगार, बुङ्कोट, ढुंगागाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, पस्लाङ चौतारा, धारापानी, विपिचौतारा, ठूलोआँगन, सतिपिपल, गैह्रीकुवा, हनुमानढोका हुदैँ गोरखकाली मन्दिर पुगेर टुंगिएको थियो ।
४२ किलो मिटर १९५ मिटर को म्याराथनमा त्रिभूवन आर्मी क्लबका गाेबिन्द कार्की, गाेपाल तामाङ, सुवाष कार्की, तिलकबहादुर सुनार, राजन मेयाेङवा, कुलबहादुर बस्नेत र प्रताप यामसुहाङ क्रमश. चाैथाेदेखी दशाैंसम्म भएकाे जिल्ला खेलकुद बिकास समिति गाेरखाका कार्यालय प्रमुख सराेज थापाले जानकारी दिए ।
उनका अनुसार गाेबिन्द कार्कीले २ घण्टा ४५ मिनेट ४२ सेकेन्ड, गाेपाल तामाङले २ घण्टा ४७ मिनेट ५८ सेकेन्ड, सुवाष कार्कीले २ घण्टा ४८ मिनेट ३२ सेकेन्ड, तिलकबहादुर सुनारले २ घण्टा ४९ मिनेट १६ सेकेन्ड, राजन मेयाेङवाले २ घण्टा ५४ मिनेट ३६ सेकेन्ड, कुलबहादुर बस्नेतले २ घण्टा ५५ मिनेट ५७ सेकेन्डमा र प्रताप यामसुहाङले २ घण्टा ५८ मिनेट ५ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । उनीहरुले क्रमश ६०, ५०, ४०, ३५, २५, २० र १५ हजार नगद पुरस्कार पाएका छन् ।
नेपालका म्याराथन खेलाडी एवं गोरर्खाली टिका बोगटीको प्राविधिक सहयोगमा भएकाे म्याराथनमा सहभागी भएका गाेरर्खाली धावक मघ्ये निर्धारित दुरी पार गरेका अविनाश देवकाेटा र १४ बर्षका वेन्जन बस्नेतललाई जनही १२ हजारका दरले नगद पुरस्कार प्रदान गरीएकाे समितिले जानकारी दिएकाे छ ।
गाेरखामा भएकाे याे म्याराथन दाेस्राे भएता पनि याे मार्गमा भएकाे याे नै पहिलाे हाे ।



