प्रतिकात्मक तस्वीर
बुटवल । बुटवलको तिनाउ पुलमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।
नयाँगाउँबाट बिरामी लिएर बुटवलतर्फ गुडिरहेको जीप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएकाे हो ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गौरी खनाललाई दमले च्यापेपछि प्रादेशिक अस्पताल बुटवल पुर्याउने क्रममा बाटोमै जीप पल्टिएको हो ।


