फाइल फाेटाे
बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँ नजिकै चितुवाको आक्रमणमा स्थानिय ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
आक्रमणमा परेर झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएका छन् ।
बबई नदी किनारको झाडी सफा गर्न जाँदा आज बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई बचाउन जाँदा अरू ३ जनालाई पनि चितुवाले आक्रमण गरेको हो ।
त्यसपछि चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली पुगेको थियो । त्यस बेला पनि चितुवाले थप २ जनालाई आक्रमण गरेको हो ।
घाइतेहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ ।




















