फाईल तस्बिर
काठमाडाैं । साइबर अपराध कसूरकाे मुद्दामा धराैटी बुझाएर छुटेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अर्काे मुद्दामा फेरि पक्राउ परेका छन् । प्रसाईलाई प्रहरीले जिल्ला अदालत काठमाडाैं परिसरबाटै पक्राउ गरेकाे हाे ।
यसअघि आजै जिल्ला अदालत काठमाडाैंले साइबर अपराध कसूरकाे मुद्दामा पक्राउ परेका प्रसाईलाई ४० हजार रुपैयाँ धराैटीमा छाड्न आदेश दिएको थियाे ।
दुर्गा प्रसाईविरुद्ध सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान भइरहेकोले उनी फेरि पक्राउ परेका हुन् ।
प्रसाईमाथि भारतमा मानिस राखेर नेपाली व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।




















