सुर्खेत । महायज्ञमा एकै दिनमा दाताहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । बुधवार महायज्ञमा भक्तजनहरूले २ कराेडभन्दा बढी दान गरेकाे आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
महायज्ञको छैटौँ दिन बुधवार संस्थागत र व्यक्तिगत रूपमा ३२५ जनाले दान गरेका छन् । भने ९ वटा व्यक्तिगत तथा संस्थागत प्रतिबद्धता व्यक्त गरेका छन् ।
महायज्ञमा वीरेन्द्रनगर निवासी दाताहरूको बाक्लो उपस्थितिले रहेको थियाे । बुधवारकाे महायज्ञमा क्याप्टेन दिनेश प्रतिष्ठानले सबैभन्दा बढी १ कराेड रूपैयाँ ज्येष्ठ नागरिक मनोरञ्जन पार्क निर्माणका लागि दान प्रतिबद्धता गरेकाे छ ।
त्यस्तै कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतले १५ लाख ५१ हजार, भेरी नगरपालिका जाजरकोटका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले २ कोठा निर्माण गरिदिने प्रा. डा.डम्बर खड्काले १ कोठा निर्माण, राम कुमार पन्तले १ कोठा निर्माण , बारेकोट गाउँपालिका जाजरकोटका अध्यक्ष वीर बहादुर गिरिले १ कोठा निर्माण, जुनी चाँदी गाउँपालिका जाजरकोटका अध्यक्ष वेदबहादुर शाहीले १ कोठा, सानीभेरि गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष बर्खबहादुर विष्टले १ कोठा, खिमबहादुर रावत अध्यक्ष त्रिवेणी गाउँपालिका सल्यान १ काेठा निर्माण, नलगाड नगरपालिका जाजरकोटका नगरप्रमुख डम्बरबहादुर रावतले १ कोठा निर्माण गरिदिने प्रतिबद्धता गरेका थिए ।
महायज्ञमा लालबहादुर रावत, शरद पौडेलले जनही १ लाख ११ हजार १११, दुर्गाप्रसाद मैनालीले जनही १ लाख ११ हजार ११५ रूपैयाँ, वीरेन्द्रनगर नगरपालिका वडा कार्यालयबाट अक्षय कोषका लागि १ लाख ११ हजार, पिपला बुढाले १ लाख ५५५ रूपैयाँ दान गरेकाे आयाेजक संस्थाले जानकारी दिएकाे छ ।
त्यस्तैगरी, मनकला सापकोटाले ५१ हजार ५०५ रूपैयाँ, पूर्णबहादुर टीकादेवी बुढा ५१ हजार १५५, लोकबहादुर र टीका ढकालले ५५ हजार ५५५, कृष्णप्रसाद आचार्यले ५१ हजार १५५, गायत्री जि.सी.र दिनेश अमगाईले ५१ हजार ५११, चन्द्रबहादुर भण्डारी ५१ हजार, बालाराम पोखरेलले ५१ हजार १००, सेलेन्डाइन एकेडेमीले ५१ हजार ५०५, गंगाबहादुर महतराले ५१ हजार १०५, सहकारी तथा संस्थान सवारी चालकले ५१ हजार १११, कर्ण गिरिले ५५ हजार ५५५, ज्ञानकुमारी थापाले ५० हजार १००, तिलकराज हमालले ५१ हजार ५५५, टेकबहादुर रावलले ५५ हजार ५५५, मणिराम र लक्ष्मी पौडेलले १ लाख ११ हजार १५१ रूपैयाँ, बलभद्र भारतीले ५१ हजार १११, धनसरी महतराले ५१ हजार १०५, सुवास अधिकारीले ६ लाख ५१ हजार ११५, प्रतापबहादुर खड्काले ५५ हजार २५५, भक्तबहादुर ढकालले ६ लाख ५५ हजार ५५५, सुर्खेत ढलान मिक्स्चर व्यवसायी संघले ५१ हजार १११, लक्ष्मी खड्काले ५१ हजार ५ रुपैयाँ, देवकुमारी भण्डारीले ५१ हजार १२५, जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार १५१, लक्ष्मण/ढिला धमलाले ५१ हजार १५१, राधा अधिकारीले ५१ हजार १५५ नेपाल शिक्षक महासंघ जिल्ला समिति सुर्खेतले ५५ हजार ५५५ दान गरेका थिए ।
आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन उपभोक्ता समितिले १८ हेक्टरभन्दाबढी जग्गा प्रदान गरिएको छ ।
महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएकाे छ । महायज्ञमा प्रत्येक दिन ५ हजार दर्शकहरूले अवलोकन गर्ने गरेकाे आयोजक समितिले जनाएको छ ।
मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले कर्णालीमा प्रदेशस्तरीय भवन निर्माणका लागि मंसिर २१ शुक्रवारदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सञ्चालन गर्दै आएको हाे । महायज्ञ मंसिर २८ मंसिरसम्म चल्नेछ ।


