काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज २ वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाडाैं गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।
एनपीएलमा अहिलेसम्म १७ वटा खेल सम्पन्न भएका छन् । जनकपुर बोल्ट्स आफ्ना ४ वटै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा छ ।
यसैगरी ४ खेल खेलेको सुदूरपश्चिम रोयल्स ३ मा जीत तथा १ खेलमा हारका साथ दोस्रो स्थानमा छ । ३ खेल खेलेको काठमाडाैंले १ खेल जितेको छ भने २ वटा हारेको छ ।
लुम्बिनीले ५ वटा खेल खेलेकामा १ मात्र जितेको छ ।



