×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दोस्रो दिन ३६ लाख नगद संकलन, वीरेन्द्रनगरले एउटा ब्लग निर्माण गर्ने

  •  गोरखा समाचार
  • आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुर्खेत । कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञ सुर्खेतको वीरेन्द्रनगरमा जारी छ । शुक्रबारदेखि सुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २८ मंसिरसम्म चल्ने छ ।

    महायज्ञको दोस्रो दिन नै आर्थिक दान गर्नेको लर्को लागिरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाले आश्रम भवनको एउटा व्लग नै निर्माण गर्ने घोषण गरेका छ । नगरपालिकाले बनाउने ब्लकमा एक करोड लागत लाग्ने अनुमान महायज्ञ मूल आयोजक समितिले गरेको छ ।
    ‘हामीले आश्रम भवनको एउटा ब्लग निर्माण गर्ने घोषणा गरेका छौँ,’ वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले भनिन्, ‘पैसा जति लागे पनि राजधानीको पालिका भएकाले भवनको एउटा ब्लग नै निर्माण गर्ने निर्णय गरेका हौ ।’

    भागवत भाष्कर कमल नयन गौतमले कथा वाचन गरिरहेको उक्त महायज्ञबाट शनिवार मात्रै ३६ लाख ६५ हजार रुपैयाँ नगद विभिन्न दाताहरूमार्फत सङ्कलन भएको छ । महायज्ञ संयोजक डा.नराजक केसीका अनुसार महायज्ञमा एकै जना व्यक्तिले नगद १० लाख रुपैयाँसम्म दान गरेका छन् ।

    महायज्ञमा वीरेन्द्रनगर नगरपालिका–६ का समाजसेवी थिरकुमारी कार्कीले १० लाख १ सय रुपैयाँ दान गरेकी छन् । त्यस्तै डा. अर्चना कार्कीले परिवारको तर्फबाट सामूहिक ६ लाख ५१ हजार ११५ रुपैयाँ दान गरेकी छन् ।

    मूल आयोजक समितिका संयोजक समेत रहेका डा.नवराज केसीले आफ्ना स्वर्गीय बुवा नेत्र खत्रीको सम्झनामा आश्रम भवनको एउटा कोठा निर्माण गर्ने भएको छन् । उनले आफ्नो परिवारको तर्फबाट संयुक्त रूपमा ६ लाख ५१ हजार ११५ रुपैयाँ दान गरेका छन् ।

    यस्तै पदमबहादुर ढकालले ६ लाख ५१ हजार १२५ रुपैयाँ मानव सेवा आश्रम निर्माणका लागि सहयोग गरेका हुन् । आश्रम भवनको एउटा कोठा निर्माणका लागि ६ लाख ५१ हजार ११५ रुपैयाँ दान मूल समितिले निर्धारण गरेको छ ।

    त्यस्तै सुर्खेतकै लेकवेशी नगरपालिकाले पनि मानव सेवा आश्रम भवनको एउटा कोठा निर्माण गरिदिने भएको छ । लेकवेशीका नगर–प्रमुख उमेशकुमार पौडेलले एउटा कोठा निर्माण गरिदिने घोषणा गरेका छन् । नगर–प्रमुख पौडेलले शनिवार महायज्ञमै सहभागी भएर भवनको एउटा कोठाका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।

    महायज्ञ मूल आयोजक समितिका संयोजक केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।

    उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो । अहिले मानव सेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.