मुग्लिन । धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभिरस्थित पृथ्वीलोकमार्गमा आज विहान दुर्घटनामा परेको भारतीय ग्याँस बुलेटकाे चालक र सहचालककाे खाेजीका लागि सशस्त्र प्रहरीकाे गोताखोर प्रहरी परिचालन भएको छ ।
मुग्लिनबाट काठमाण्डौतर्फ आउँदै गरेको एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्याँस बुलेट आज बिहान ८ बजे दुर्घटना हुदा त्यसका चालक र सहचालक बेपत्ता भएका छन् ।
ग्याँस बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल त्रिशुली नदिमा खसेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यावस्थापन तालिम शिक्षालय कुरिनटार र बिपद् ब्यावस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोर सहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता एव सशसत्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।




















