मुग्लिन । मुग्लिनबाट काठमाडौं जादै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ ।
पृथ्वी राजामार्गअन्तर्गत धादिङको बेनिबाट रोराङ नगरपालिका-७ स्थित कृष्णभीरमा आइतबार बिहान ८ बजेतिर NL 02L 3907 नम्बरको ग्यास बुलेट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङ प्रहरीका अनुसार दुर्घटनास्थलमा घाइते नभेटिए पनि चालक र सहचालकको अवस्था भने अज्ञात रहेको छ ।
चालक भारती बरुनी बस्ने ४५/४६ वर्षीय पंकज कुमार भन्ने बुझिएको छ । बुलेटको आधा भाग नदीमा र आधी भाग भीरमा अड्किएको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
अहिले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















