काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारपछि आज डिस्चार्ज भएका छन् ।
उनी गएको बुधवार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
उनको बुधवार नै प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।
अस्पतालले विज्ञप्ति निकालेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज दिउँसो डिस्चार्ज भएको जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी लगायतप्रति आभार व्यक्त गरेका छन् ।




















