काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई ७ रनले हराएको छ । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।
विराटनगरका निकोलस क्रिटोनले सबैभन्दा धेरै ४० रन बनाए । कर्णालीका नन्दन यादवले ३ विकेट लिए । यस्तै विपिन शर्माले २ विकेट तथा कप्तान सोमपाल कामी, युनिससिंह ठकुरी र विलियम बोसिस्टोले समान १-१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनायो । किर्णालीका लागि विलियम बोसिस्टोले सबैभन्दा धेरै ६६ रन बनाए । यस्तै देब खनालले ५३ रन बनाए । आजकाे खेलमा शिखर धवनले ५ बलमा ५ रन मात्र बनाए । विराटनगरका प्रतिश जिसीले ४ विकेट लिए । यस्तै क्रिस सोल र बसिर अहमदले समान २-२ विकेट लिए ।
यो जीतसँगै कर्णालीले ४ खेलमा ४ अङ्कसहित तालिकाको चौथो स्तानमा छ । समान खेल खेलेको विराटनगर २ अङ्कसहित तालिकाको पुछारबाट दोश्रोमा छ ।




















