×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सुर्खेतमा मानवसेवा आश्रम भवन निर्माणार्थ महायज्ञ सुरु

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुर्खेत । सुर्खेतमा मावन सेवा आश्रमकाे भवन निर्माणार्थ श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ । शुक्रबारदेखि वीरेन्द्रनगरस्थित खुलामञ्चमा महायज्ञ सुरु भएको हो ।

    सडकमा जीवन विताउन बाध्य असहायलाई सेवा दिने उद्देश्यका साथ संरचना निर्माणार्थ महायज्ञ मंसिर २८ गतेसम्म चल्नेछ मानव सेवा आश्रमले जनाएकाे छ ।

    शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले महायज्ञको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले आश्रम निर्माणमा प्रदेश सरकारको सहयोग रहने बताए । ‘मानवताका लागि सबैले सहयोग गर्नुपर्छ, यो पुण्य काम हो,’ उनले भने, ‘पुण्य कार्यमा सहभागी हुन सबैलाई आह्वान पनि गर्दछु।’

    महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहनेछन् । महायज्ञ अवधिभर गौतमले नि:शुल्क कथा बाचन गर्ने भएका छन् । मानवसेवा आश्रमको पहलमा भएका यसअघिका महायज्ञमा पनि उनले नि:शुल्क कथावाचन गरेका थिए ।

    महायज्ञमा सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरुको सामुहिक उपस्थिति रहनेछ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । सामाजिक संस्कृति झल्किने झाँकी, नाच पनि प्रस्तुत गरिनेछ ।

    महायज्ञबाट प्राप्त रकम मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन निर्माणमा खर्च गरीने महायज्ञ मुल आयोजक समितिका संयोजक डा. नवराज केसीले बताए । यसका लागि वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको गंगामाला धार्मिक तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ । उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ सुरु गरिएको हो ।

    अहिले मानवसेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ । ०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ । उक्त आश्रममा अहिले ८० जना असहाय मानिस आश्रित छन् ।

    भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । महायज्ञबाट करिब ५ करोड रकम संकलन हुने अपेक्षा गरिएको छ ।

    मुल आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्ने दाताहरुलाई सम्मान गरिनेछ । १ करोडको योगदान गर्ने दाताको मानवसेवा आश्रमको कम्पाउण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिनेछ ।

    ५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिनेछ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.