जाजरकोट । जिल्लाकाे मध्यपहाडी लोकमार्गमा भएकाे जिप दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् ।
कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा पर्दा २ जनाकाे ज्यान गएकाे र अन्य १ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा कैलालीका २५ बर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको ज्यान गएकाे प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–८ का कमल चौधरी घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।
मृतक र घाइते सबै मध्यपहाडी लोकमार्ग जाजरकोट खण्डअन्तर्गत स्याउलीबजारमा सडक स्तरोन्नतिको काम गरिरहेका थिए ।




















