काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि २ वटा खेल हुँद छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्दैछ । यसअघि पोखरा चितवन राइनोजसँग पराजित भएको टोली हो भने जनकपुरले अहिलेसम्म २ वटा खेलमा जितेको टिम हाे ।
आजै दोस्रो खेलमा दिउँसो १ बजे काठमाडाैं गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यसअघि जनकपुरसँग हारेको काठमाडाैंले हिजो कर्णाली याक्सलाई पराजित गरेको छ । सुदूरपश्चिम भने विराटनगर किंग्सलाई हराएको टोली हो ।



