×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाल प्रिमियर लिग : लुम्बिनी लायन्सविरूद्ध विराटनगरकाे रोमाञ्चक जित

  •  गोरखा समाचार
  • बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा अन्तिम ओभरको सुरुवाती ५ बलमा १५ जड्दै विराटनगरले लुम्बिनी लायन्सविरूद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो ।

    अघिल्ला दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । लुम्बिनी भने आफ्नो पहिलो खेलमा पराजित भयो ।

    लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले ८ विकेट गुमाएर अन्तिम १ बल बाँकी छदा पूरा गर्‍यो ।

    अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चाहिएको थियो । जसमा लुम्बिनीका विवेक यादवले पहिलो २ बलमा वाइड फ्याँके लगत्तै अर्को बलमा कप्तान सन्दीप लामिछाने आउट भए । दोस्रो बल डट हुँदा तेस्रो बलमा क्रिस सोलले छक्का प्रहार गरे । चौथो र पाँचौ बलमा चौका प्रहार गरेर सोलले विराटनगरलाई रोमाञ्चक जित दिलाए ।

    त्यसअघि विराटनगरको जितको आधार तयार गर्न ओपनर लोकेश बमले अर्धशतक प्रहार गरे । १८औं ओभरको चौथो बलमा रेमन्ड सिमन्सको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ७१ रन बनाए। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।

    अर्का ‌ओपनर इस्मत अलाम भने शून्यमै आउट भएका थिए । उनी आउट भएपछि ब्याटिङमा आएका मार्टिन गप्टिलले १७ बलमा २८ रन जोडे । आठौं ओभरमा दुर्गेश गुप्ताबाट बोल्ड हुनुअघि उनले ६ चौका प्रहार गरे ।

    राजेश पुलामी ४ रन र निकोलास किर्टोन शून्यमा आउट भए । दुवैलाई साद बिन जफरले दशौं ओभरको तेस्रो र चौथो बलमा लगातार आउट गरेका थिए ।

    लोकेश बमसँग ८१ रनको साझेदारी गरेका बसिद अहमद ४० रनमा आउट भए । उनी १७औं ओभरमा आउट हुँदा अर्को ओभरमा लोकेश पेभिलियन फर्के। लोकेश र बसिर आउट हुँदा विराटनगरमाथि दबाब परेको थियो । १९औं ओभरमा प्रतिश जिसी ६ रनमा आउट भए पनि अन्तिम ओभरमा विराटनगरका लागि क्रिस सोलले उत्कृष्ट खेल देखाए ।

    बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिँदा सिमन्स र साद बिनले समान २-२ विकेट लिए । नआउट भएका थिए ।

    बलिङमा विराटनगरका सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान १-१ विकेट लिएका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.