काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज २ वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्सले काठमाडाैं गुर्खाजसँग खेल्दैछ ।
आजै हुने दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै छन् ।
यसअघि कर्णाली जनकपुर बोल्ट्ससँग र काठमाडाैं चितवन राइनोजसँग पराजित भइ सकेकाे छ ।
यस्तै विराटनगरले अहिलेसम्म खेलेका २ खेलमा हार ब्यहाेरेकाे छ भने लुम्बिनीले आज पहिलो खेल खेल्दैछ ।




















