काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ ।
सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेसैगै १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



