काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दाेस्राे खेलमा कर्णाली याक्सलाई हराउदै जनकपुर रोयल्सले जित निकालेको छ । याे सहित जनकपुर रोयल्सकाे लगातार २ खेलमा जित निकाल्न सफल भएकाे छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले कर्णाली याक्सविरूद्ध ८ विकेटको जित निकाल्न सफल भएकाे हाे । यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो ।
कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा १५.१ ओभरमा पूरा गरेकाे थियाे ।
कर्णालीका जितमा कप्तान अनिलकुमार साहले अर्धशतक प्रहार गरे । उनले नटआउट ६१ रन जोडे । उनले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै जिमी निशमले ८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए ।
अर्का ओपनर आसिफ शेखले ३६ रन जोडेका थिए । उनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे । उनलाई कर्णालीका मौसम ढकालले देव खनालबाट क्याच गराए ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका लाहिरू मिलान्थाले जिशन मक्सूदको एलबिडब्लूको धरापमा पर्नुअघि १३ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अन्तिम दुई ओभरमा ४३ रन जोड्दै ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।



