काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज २ वटा खेल हुँदैछन् ।
पहिलो खेलमा ९:१५ बजे काठमाडाैं गुर्खाज र चितवन राइनोज खेल्दैछन् भने दोस्रो खेलमा दिउँसो १:१५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स बिच खेल हुने भएकाे हाे ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा १५ गतेदेखी शुरू भएको पहिलो संस्करणको एनपीएलमा ८ वटा टोली सहभागी छन् ।
उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई हराउँदै जनकपुर बोल्ट्स विजयी भएकाे थियाे ।




















