काठमाडाैं । आउँदो आइतवार हुने पालिका उपचुनावको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुने भएकाले आजरातीदेखि दल र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँदैनन् ।
अब राजनीतिक दल र उम्मेदवाहरूलाई प्रचारप्रसारको लागि आजको दिन मात्रै बाँकी छ । नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३७६ जनाले उम्मेदवारी दिएका छन् ।
२० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३७६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
उपचुनावको नतिजाले आउँदो चुनावसम्मलाई प्रभाव पार्न सक्ने भएकाले दल र उम्मेदवारहरुले यसलाई प्रतिष्ठा र महत्त्वको रुपमा लिएका छन् ।


