फाईल तस्बिर
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा अघि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन् । उनी प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि चीन जान लागेकी हुन् ।
आफू बिहीबार चीन जान लागेको आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलका क्रममा जानकारी गराएकी छिन् । ‘म यो भ्रमणको पूर्व तयारीको लागि २ दिन पछि जाँदै छु,’ उनले भनिन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी मंसिर १३ गते बेइजिङ जाने तयारीमा छिन् । उनले १४ गते समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय गरिसकेको छ । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जानेछन् ।




















