काठमाडाैं । आज दिउँसो कोशी र बाग्मती प्रदेशका केही स्थानमा सामान्य बादली भएर सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण पहाडका केही ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गर्दै भनेकाे छ ।
अहिले बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ भने बाँकी भू–भागमा मौसम सफा छ । तराईका केही ठाउँमा सामान्य हुस्सु लागेको छ ।


