मुग्लिन । मुग्लिन-नरायणघाट सडकखण्डमा हिजो साँझ भएको ट्रक दूर्घटनामा परी २ जनाको ज्यान गएको छ । साेही दुर्घटनामा परी अन्य ३ जना घाईते भएका छन् ।
दुर्घटनामा परी मकवानपुर गडी गाउँपालिकाका दिपक दाहाल र श्याम बजगाईंको ज्यान गएको ईलाका प्रहरी कार्यालय मुग्लिनले पुष्टी गरेकाे हाे ।
ईच्छाकामना गाउँपालिका-६ नौकिलोमा बा.प्र.०३००१ ख ३४९० नम्वरको चामल बोकेको सो ट्रक दुर्घटनामा भएको थियाे ।
सो दूर्घटनामा घाइते भएका ३ जनाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । उनिहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।
ट्रक सडकको कुनामा गएर पल्टिएका कारण घाईतेहरुको च्यापिएको अवस्थमा उद्दार गरिएको थियो ।


