काठमाडौं । राजधानीकाे सुनधारमा रहेकाे धरहरा भाेलीदेखी आधाकारीक रुपमा खुल्ला हुने भएकाे छ । धराहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुट पाउने भएका छन् । अन्य नेपालीहरुले भने प्रति ब्यती २०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
यसअघि परीक्षणका रूपमा नि:शुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा शुल्कसहित सञ्चालन गर्न लागिएको हो ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई ९ मंसिर, २०८१ देखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिंदै शुल्क पनि स्वीकृत गरेको हो ।



