प्रतिकात्मक तस्बिर
एजेन्सी । भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा १० जना माओवादी विद्रोहीको गोली लागेर ज्यान गएको छ ।
भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा छत्तीसगढ राज्यको दुर्गम जङ्गल क्षेत्रमा सुरक्षा बलले चलाएकाे गाेली लागेर उनीकाे ज्यान गएकाे भारतीय सञ्चारमाघ्यमहरुले जनाएकाे छ ।
भारतका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि चलिरहेको आन्दोलनमा हाल सम्म १० हजार भन्दा बढी मानिसहरूको ज्यान गइसकेको जनाइएको छ ।
समाचार संस्था एएफपीले जनाए अनुसार अहिलेसम्म १० जना माओवादीको शवका साथै विद्रोहीबाट धेरै स्वचालित हतियारहरू बरामद गरेको कारबाहीका प्रमुख विवेकानन्द सिन्हालाई उदृत गर्दै जनाएकाे छ ।
यसैबीच भारतका गृहमन्त्री अमित शाहले विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा ‘पूर्ण आक्रमण’ को सामना गर्न चेतावनी जारी गरेका छन् ।
सरकारी तथ्याङ्क अनुसार सुरक्षा बलले गरेको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोहीकाे ज्यान गएकाे छ ।


