प्रतिकात्मत तस्बिर
नवलपुर । नवलपुरमा गैंडाको आक्रमणबाट आज बिहान १ जना पुरुषको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले पुष्टी गरेकाे हाे ।
कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैंडाले आक्रमण गरेको थियो ।


