काठमाडौं । आजदेखि पाकिस्तानमा हुने चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी-२० विश्वकप सुरु हुँदैछ । पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा हुने खेलमा आज नेपाल र श्रीलंका बिचकाे खेल हुने छ ।
नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन । खेल लाहोरस्थित साइद स्पोर्ट्स सिटी बेदिएनन रोडमा हुनेछ ।
नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २४ मा बंगलादेशसँग, तेस्रो खेल अफगानिस्तानसँग नोभेम्बर २५ मा, चौथो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर २६ मा तथा पाँचौ खेल नोभेम्बर २७ मा घरेलु टोली पाकिस्तानसँग खेल्नेछ ।
ब्लाइन्ड विश्वकपमा आयोजक पाकिस्तानसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले सहभागिता जनाएकाे छ ।
भारतले भने याे प्रतियाेगितामा क्रिकेट टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि सहभागिता नहुने भएको हो । नेपाल र भारतबीच नोभेम्बर २९ मा खेल हुने तालिका थियो । तर भारत सहभागि नभएपछि नेपालले वाक ओभर पाएको छ ।
प्रतियोगिताका खेलहरु लाहोर र मुल्टानमा सञ्चालन हुनेछ । लिग चरणका अन्तिम ४ खेलसहित सेमिफाइनल र फाइनलका खेलहरु मुल्तानमा हुनेछ ।
आजै भारत र बंगलादेशबीच पनि खेल हुने तय थियो । तर भारतीय टिम सहभागि नभएपछि बंगलादेशले सिधै वाक्स ओभर पाएको छ ।
खेलतालिका




