काठमाडाैं । अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली भईरहेकाे छ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागकाे केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


